दीपक बज्राचार्यको ‘काँचो माया’ सार्वजनिक (भिडियो )

No ads found for this position
No ads found for this position

काठमाडौं- दर्शक र संगीतकर्मीलाई निकट गराउने अभियान अन्तर्गत नयाँ शैलीमा ‘प्रोजेक्ट नजिक’ सार्वजनिक गरेका गायक दीपक बज्राचार्यले’प्रोजेक्ट नजिक’को दोस्रो गीत  ‘काँचो माया’ सार्वजनिक गरेका छन् ।

रिक्की शाक्यको शब्द र दीपक बज्राचार्यको नै संगीत रहेको ‘काँचो माया’ मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा बर्णन गरिएको छ ।

गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ। गीतको भिडियोलाई आउटडुर छायांकन अन्तर्गत एउटा सुन्दर गाउमा खिचिएको छ  । चेरिसा बज्राचार्यको कन्सेप्टमा तयार पारिएको भिडियोलाई सुब्रतराज आचार्य ले निर्देशन गरेका जसमा उत्सव दाहालको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको छ ।

के हो त ‘प्रोजेक्ट नजिक’ ?

प्रोजेक्ट नजिक एउटा “डीजाइनिङ्ग शो” हो जसलाई ३ खण्डमा बाँडिएको छ।

१. स्पट लाइट इभेन्ट (अनप्लग लाइभ)

यस खण्डमा आफ्नो गीतलाई फरक शैलीको प्रस्तुतिका साथ अहिले सम्म नसुनिएका र नगरिएका कुराकानीहरु पनि गरिनेछ ।

२. नजिक मोमेन्ट (मिट एण्ड ग्रीट)

आफ्नो  दर्शक श्रोतालाई अझ नजीकबाट चिन्न र चिनाउन तथा केहि समय संगै बिताएर त्यो रमाइलो पललाई केहि तस्बीरहरुमा कैद गर्ने कोसिस गरिनेछ।

३.  इ डी एम सेसन (अपबिट कन्सर्ट)

अन्तिममा सधै झैं मुख्य कार्यक्रमको मज्जा लिदै नाच्न गाउन र रमाउनको लागि बिशेष तयार गरिएको नयाँ तथा पुराना गीतहरुको प्रस्तुतिमा सबै रमाउनेछन ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *