गृहमन्त्रीमा सुधन गुरुङको कम्ब्याक, आज ३ बजे शपथ
No ads found for this position
No ads found for this position
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई नियुक्त गरेको छ ।
उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
यसअघि व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय र सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।
आज ३ बजे सपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
प्रतिक्रिया


