विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको सभापति तुलसाकुमारी दाहालले बताइन् ।

उनकाअनुसार प्रतिवेदनमा समितिले वर्षभरी समसामयिक विषयमा गरेका निर्णयहरु उल्लेख गरिएको छ । उनले समितिले प्रदेश तथा स्थानीय तहसँगको छलफल तथा अध्ययनका लागि सुदूरपश्चिम जाने निर्णय गरेको पनि बताइन् । उनका अनुसार अध्ययनका लागि सुदूरपश्चिम जानको लागि मिति तोक्न बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ ।

जेनजी विद्रोहपछि पहिलो पटक संसदीय समिति छलफल तथा अनुगमनका लागि उपत्यका बाहिर जान लागेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *